
नेकपा (एमाले) सुनसरी जिल्ला कमिटी अध्यक्ष निलम खनालको निधन भएको छ।
उपचारका लागि भारतको हैदरावाद जाने क्रममा बुधबार राति खनालको निधन भएको हो ।
एमाले जिल्ला सचिव राम कोइरालाका अनुसार अध्यक्ष खनाल लामो समयदेखि पेटसम्बन्धी बिरामी थिए।
यसअगाडि पनि हैदरवादमा उपचार गरेर फर्किएका खनाल फलोअप गर्न अस्पताल गएको उनको भनाइ छ ।
खनाल बराहक्षेत्र नगरपालिकाका पूर्वमेयरसमेत हुन्।
उनलाई उपचार गराउन साथमा परिवारका सदस्यहरू श्रीमती, दाजु र भाउजू पनि गएका थिए।
उनको शव नेपाल ल्याउने तयारी भइरहेको छ।
खनाल जेठको पहिलो साता भएको जिल्ला अधिवेशनबाट अध्यक्षमा ३८७ मत ल्याएर निर्वाचित भएका थिए। उनले अध्यक्षमा प्रत्यासी खेमराज पोखरेललाई हराएका थिए। सेतोपाटी
प्रतिक्रिया दिनुहोस्: