Loktantra Khabar National Weekly
Ad

मोटरसाइकल चोरेको आरोपमा कपनबाट दुई जना पक्राउ

लोकतन्त्र खबर
१५ जेष्ठ २०८१

काठमाडौँ । मोटरसाइकल चोरेको आरोपमा ट्राफिक प्रहरीले कपनबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका–२ छापा घर भएर बसुन्धारा बस्ने २८ वर्षीय रवीन्द्र तामाङ र कपनमा बस्दै आएका २० वर्षीय कृष्ण तामाङ छन् ।

टोखा नगरपालिका–१० स्थित महादेवटारबाट उनीहरूले बागमती प्रदेश–०२–०३२ प ९५७१ नम्बरको मोटरसाइकल चोरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सो मोटरसाइकल उनीहरूले नम्बर परिवर्तन गरेर चलाएको अवस्थामा बरामद गरिएको छ ।  रातोपाटी संवाददाता

 

प्रतिक्रिया दिनुहोस्: