Loktantra Khabar National Weekly
Ad

१३ वर्षीय बालिकालाई जबरजस्ती करणी, तीन जना पक्राउ

लोकतन्त्र खबर
१६ श्रावण २०८१

रुकुम पश्चिम । १३ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा चौरजहारी नगरपालिका–१ पुरानो बजार बस्ने ३७ वर्षीय शिखर भण्डारी, २७ वर्षीय तिलकराज गिरी र २३ वर्षीय सुभाष बन गोसाई रहेका छन् ।

उनीहरूले ती बालिकालाई चौरजहारी नगरपालिका–१ चौरजहारी बजारस्थित होटेलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।  रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: