Loktantra Khabar National Weekly
Ad

माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु

लोकतन्त्र खबर
१३ जेष्ठ २०८१

सिन्धुली । कमलामाई नगरपालिका-११ धमिले बस्ने निर्मल कुमार थापाको छोरा १५ वर्षीय पुष्कर दीप थापाको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ ।

घर नजिकै रहेको धमिले खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा आफैलाई करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: