
जनता समाजवादी पार्टी (जसपा), नेपाल फुटेपछि तटस्थ बसेको समूहले छुट्टै मोर्चा घोषणा गर्ने भएको छ।
उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजन भएर अशोक राईको अध्यक्षतामामा ‘जनता समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता भइसकेको छ।
तर यी दुवै पक्षमा नरही पूर्वलिम्बुवान नेता खगेन्द्र माखिमको समूहले आज पहिचानवादी मोर्चा घोषणा गर्न लागेको हो।
यसअघि माखिमले संघीय लिम्बुवान राज्य परिषद्लाई जसपासँग एकता गराएका थिए।
अहिले जसपा फुटेपछि उनले फेरि पहिचानवादी मोर्चा घोषणा गर्न लागेका हुन्।
अहिले दिउँसो १२ बजे काठमाडौँस्थित रिपोटर्स क्लबमा कार्यक्रम आयोजना गरी मोर्चा घोषणा गरिने जानकारी माखिमले दिएका छन्।
प्राध्यापक डा. महेन्द्र लावतीले पनि आफू सोही मोर्चामा आबद्ध हुने घोषणा गरेका छन्।
तटस्थ बस्नेमा अशोक राईसँगै एमाले छाडेर जसपामा आएकाहरू पनि छन्।
जसपाका १२ सांसदमध्ये अशोक राईका पक्षमा ७ र उपेन्द्र यादवका पक्षमा ५ जना बाँडिएका छन्।