Loktantra Khabar National Weekly
Ad

प्रधानमन्त्री प्रचण्ड र जसपाका अध्यक्ष यादवबीच भेटवार्ता

लोकतन्त्र खबर
२५ बैशाख २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।

जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्षसमेत रहेका यादवले मंगलबार प्रधानमन्त्री प्रचण्डलाई बालुवाटार पुगेका भेटेका हुन्।

यादव नेतृत्वको जसपा नेपाल फुटेर अशोक राई नेतृत्वमा जनता समाजवादी गठन भएको थियो। जसपा नेपालमा १२ जना प्रतिनिधि सभा सांसद थिए।

तीमध्ये ७ जना राई नेतृत्वको जनता समाजवादीमा लागेका छन्। राई नेतृत्वको जनता समाजवादीलाई निर्वाचन आयोगले सोमबार नयाँ दलको मान्यता दिएको थियो

। दल विभाजन हुँदा जसपा नेपालका अध्यक्ष यादव अमेरिकामा थिए। उनी भ्रमण छोट्याएर स्वदेश फर्किएका हुन्।

गए राति नेपाल आइपुगेका यादव मंगलबार बिहानै प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार पुगेका हुन्। अनलाइन नेपाल

 

प्रतिक्रिया दिनुहोस्: