Loktantra Khabar National Weekly
Ad

अशक्त र गरिबले आफ्नो स्थानीय तहबाट सिफारिस ल्याए काठमाडौंमा नि:शुल्क उपचार हुन्छ: मेयर बालेन

लोकतन्त्र खबर
१६ बैशाख २०८१

अशक्त र गरिब नागरिकहरूले आफ्नो स्थानीय तहबाट सिफारिस ल्याएमा काठमाडौंका अस्पतालमा नि:शुल्क उपचारको व्यवस्था हुने भएको छ।

काठमाडौं महानगरका मेयर बालेन शाहले नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीले आफ्नो स्थानीय तहबाट विपन्न, असहायको सिफारिस ल्याएमा काठमाडौंमा नि:शुल्क उपचारको व्यवस्था मिलाइएको बताएका छन्।

मेयर शाहले सिफारिससहित महानगरमा आउन आग्रह गरेका छन्।

‘हामीसँग ५२ अस्पतालका तीन सय ७४ बेड छन्,’ सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै मेयर शाहले उल्लेख गरेका छन्, ‘त्यहाँ बिरामीको आवश्यकता अनुसार नि:शुल्क उपचार हुनेछ।’

उनले ११८० (1180) वा काठमाडौं महानगर स्वास्थ्य विभागमा सम्पर्क राख्न पनि आग्रह गरेका छन्।

के-के चाहिन्छ कागजात?

१. नेपाल सरकार/प्रदेश सरकार/स्थानीय सरकारले लक्षित वर्ग हो भनी जारी गरेको कागजात/परिचय पत्र वा,
२. राष्ट्रिय परिचयपत्र/नेपाली नागरिकता प्रमाण पत्र/जन्मदर्ता प्रमाणपत्र प्रतिलिपी र हालसालै खिचिएको फोटो र,
३. रोग पहिचान भए सोको कागजपत्र र,
४. अनुसूची-५ को आधारमा सम्बन्धित स्थानीय तहको वडाले लक्षित वर्ग हो भनी अनुसूची- ४ अनुसारको सर्जमिन गरेको कागज र,
५. सम्बन्धित स्थानीय तहको वडा कार्यलयले उपचारको लागी अनुसूची- ३ अनुसारको सिफारिस गरेको पत्र,

बेवारिसे बिरामीले नि:शुल्क उपचार सेवा लिनका लागि चाहिने आवश्यक कागजातः

१. आकस्मिक कक्षमा आएका बखत उपचार खर्च नभएका गरिब, विपन्न तथा बेवारिसे विरामीलाई प्रारम्भिक स्वास्थ्य उपचार नि:शुल्क प्रदान गर्नु पर्नेछ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: