Loktantra Khabar National Weekly
Ad

मधु मरासिनीलाई अर्थसचिव बनाउने सरकारको निर्णय

लोकतन्त्र खबर
१० बैशाख २०८१

सरकारले अर्थसचिवमा मधुकुमार मरासिनीलाई सरूवा गरेको छ।

सोमबार बसेको मन्त्रीपरिषद् बैठकले मरासिनीलाई अर्थसचिव बनाउने निर्णय गरेको हो। उनी यसअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव थिए।

गेट वे पेमेन्ट प्रकरणमा मुछिएपछि मरासिनी निलम्बनमा परेका थिए।

विशेष अदालतले शुक्रबार उनलाई सफाइ दिएपछि निलम्बन फुकुवा भएको थियो। मरासिनी यसअघि जनार्दन शर्मा अर्थमन्त्री हुँदा पनि अर्थसचिव भएका थिए।

त्यतिबेला बजेट निर्माणमा असम्बन्धित व्यक्तिलाई प्रवेश गराएको भन्दै विवाद भएपछि उनलाई प्रधानमन्त्री कार्यालय सरूवा गरिएको थियो।

अहिले कृष्णहरि पुष्कर अर्थसचिव छन्। अघिल्ला अर्थमन्त्री प्रकाशशरण महत निकट मानिने पुष्करलाई अहिलेका अर्थमन्त्री वर्षमान पुनले परिवर्तन गर्न खोजिरहेका थिए।

यसैबीच अर्थसचिव पुष्कर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सरूवा गरिएको छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: