Loktantra Khabar National Weekly
Ad

माओवादी केन्द्र छाडेका शर्मा पतिपत्नी जसपा प्रवेश गर्दै

लोकतन्त्र खबर
९ बैशाख २०८१

नेकपा माओवादी केन्द्र छाडेका केन्द्रीय सदस्यद्वय रामकुमार शर्मा र इन्दु शर्मा आज जनता समजवादी पार्टी (जसपा) प्रवेश गर्दैछन्। शर्माद्वय पतिपत्नी हुन्।

महोत्तरी सदरमुकाम जलेश्वरमा आइतबार दिउँसो हुने कार्यक्रममा जसपाका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले उनीहरुले स्वागत गर्ने तयारी छ।

जलेश्वर घर भएका रामकुमार विगत लामो समयदेखि माओवादी नेतृत्वसँग असन्तुष्ट थिए। एक महिनाअघि मात्रै उनले माओवादी केन्द्र परित्याग गरेका थिए।

‘आज म जसपामा प्रवेश गर्दै छु,’ रामकुमार शर्माले नेपालखबरसँग भने, ‘जसपासँग मेरो ‘केमेस्ट्री’ पनि मिल्छ। तत्कालीन मधेसी जनअधिकार फोरममा उपेन्द्र (यादव)जी अध्यक्ष हुँदा म महासचिव थिएँ। उपेन्द्र जीलाई छाडेर माओवादी जनयुद्धमा लागेको म आज माओवादी छाडेर जसपामा जाँदै छु।’

धेसी जनअधिकार फोरम पार्टीका रूपमा दर्ता हुनुअघि गैरसरकारी संस्था (एनजीओ) थियो।

०७९ मा भएको आमनिर्वाचनमा माओवादीले दिएको टिकट पनि फिर्ता लिएपछि रामकुमार पार्टी नेतृत्वसँग असन्तुष्ट थिए। त्यतिबेलैदेखि उनको अध्यक्ष प्रचण्डसहितका नेताहरूसँग राम्रो सम्बन्ध थिएन।

डेढ वर्षभन्दा लामो समयसम्म पार्टीमा निष्क्रिय बसेका रामकुमार आज औपचारिकरूपमा जसपामा प्रवेश गर्न लागेका हुन्।

पार्टीले दिएको टिकट पनि खोसेपछि आगाे भएका शर्माले चुनावअघि नै नेकपा एमाले वा जसपा प्रवेशको तयारी गरेका थिए। त्यतिबेला उनले माओवादी छाड्ने घोषणा गरेका थिए।

माओवादी छाड्छु, एमाले–जसपा गठबन्धनलाई सघाउँछु : रामकुमार शर्मा (अन्तर्वार्ता)

०७९ मा महोत्तरी क्षेत्र नम्बर ३ को प्रदेश सभा (ख) मा माओवादीले रामकुमारलाई दिएको टिकट खाेसेर लाेसपालाई सघाएकाे थियाे। त्यतिबेला मनोनयनकै दिन टिकट खोसिएपछि शर्माले प्रचण्डको तीव्र आलोचना गरेका थिए।

शर्मालाई दिएको टिकट खोसेर माओवादीले महोत्तरी ३ मा सत्ता गठबन्धनबाट लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई सघाएको थियो भने महोत्तरी ३ ‘क’बाट लोसपाकै अभिराम शर्मा विजयी भएका थिए।

जसपा प्रवेश गर्न लागेकी इन्दु शर्मा योभन्दा अघिल्लो प्रतिनिधिसभामा माओवादी केन्द्रबाट समानुपातिक कोटाबाट सांसद बनेकी थिइन्।

एमाले र जसपाको सम्पर्कमा माओवादी नेता शर्मा, जसले ठूलो पद दिन्छ, उतै जाने ।  नेपालखबर

 

प्रतिक्रिया दिनुहोस्: