Loktantra Khabar National Weekly
Ad

प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका नेता झलनाथबीच भेट

लोकतन्त्र खबर
४ बैशाख २०८१

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीलाई लिएर एकीकृत समाजवादी रुष्ट बनेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका सम्मानित नेता खनालबीच अहिले बालुवाटारमा छलफल भइरहेको हो।

‘उहाँहरूबीच कुराकानी जारी छ। समसामयिक विषयमा छलफल भएको हो,’ नेता खनालका स्वकीय कृष्ण भट्टराईले भने।

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीनिकट लक्ष्मणकिशोर चौधरीलाई समर्थन गरेपछि गठबन्धनभित्र खटपट सुरू भएको छ।

एकीकृत समाजवादीले सुदूरपश्चिमको मुख्यमन्त्रीको पहिलो कार्यकाल आफूहरूले पाउनुपर्ने अडान राख्दै आएको थियो।

तर प्रधानमन्त्री प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नाउपालाई दिने बताएपछि एकीकृत समाजवादी असन्तुष्ट बनेको हो।

सोमबार सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाकै कैलाश चौधरी र लक्ष्मणकिशोर चौधरीको दाबी परेको छ। लक्ष्मणलाई नेपाली कांग्रेस, एकीकृत समाजवादीको समर्थन छ भनेर कैलाशलाई नेकपा (एमाले), माओवादी केन्द्रलगायतको समर्थन छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: