Loktantra Khabar National Weekly
Ad

चौथो पटक विश्वासको मत लिँदै मधेसका मुख्यमन्त्री

लोकतन्त्र खबर
४ बैशाख २०८१

मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार चौथो पटक विश्वासको मत लिँदैछन्।

त्यसका लागि मंगलबार दिउँसो १ बजे प्रदेश सभा बैठक बोलाइएको संसद् सचिवालयले जानकारी दिएको छ।

गत फागुन २१ गते संघमा गठबन्धनमा फेरबदल आएसँगै चैत ५ गते कांग्रेस मधेसको सरकारबाट बाहिरिएको थियो। त्यसपछि नेकपा (एमाले) सरकारमा सहभागी भएको थियो।

कांग्रेसले गत चैत ९ गते सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्रीले मंगलबार विश्वासको मत लिन लागेका हुन्।

सरकारमा रहेका दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

१०७ सदस्यीय मधेस प्रदेश सभामा एमाले सबैभन्दा ठूलो दल छ। उसका २५ सांसद छन्। नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टीका १९, जनमत पार्टीका १३ सांसद छन्।

लोकतान्त्रिक समाजवादीका ९, नेकपा माओवादी केन्द्रका ९, एकीकृत समाजवादीका ७, नेपाल संघीय समाजवादी, नागरिक उन्मुक्ति, राष्ट्रिय प्रजातन्त्र पार्टीका १/१ सांसद रहेका छन्। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: