Loktantra Khabar National Weekly
Ad

सुन्तलालाई राष्ट्रिय फलका रूपमा मान्यता दिने मन्त्रिपरिषदको निर्णय

लोकतन्त्र खबर
३० चैत्र २०८०

मन्त्रिपरिषद बैठकले सुन्तलालाई राष्ट्रिय फलको रूपमा मान्यता दिने निर्णय गरेको छ।

शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले सुन्तलालाई नेपालको राष्ट्रिय फलको रूपमा मान्यता दिने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

‘कृषि मन्त्रालयको प्रस्तावमा सुन्तलालाई नेपालको राष्ट्रिय फलको रूपमा मान्यता दिने निर्णय भएको छ,’ उनले भनिन्।

सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिन लामो समयदेखि माग हुँदै आएको थियो।

कृषि आनुवंशिक स्रोत केन्द्रले पनि सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिन प्रस्ताव गर्दै आएको थियो। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: