Loktantra Khabar National Weekly
Ad

उपनिर्वाचनका लागि इलाम र बझाङका विद्यालयमा दुई दिन सार्वजनिक बिदा दिन आयोगको अनुरोध

लोकतन्त्र खबर
२७ चैत्र २०८०

निर्वाचन आयोगले वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम र बझाङका विद्यालयमा सार्वजनिक बिदाको व्यवस्था मिलाउन मुख्य सचिवमार्फत् नेपाल सरकारलाई लेखेर पठाउने भएको छ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ र बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ (१) मा उपनिर्वाचन हुँदैछ।

त्यसको लागि वैशाख १३ गतेदेखि १५ गतेसम्म ३ दिनका लागि उपनिर्वाचन गर्न मतदानस्थल तथा मतदान केन्द्र रहेका विद्यालयको उपयोग गर्नुपरेको आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

आयोगले वैशाख १३ र १४ गतेका लागि बिदा दिन मुख्य सचिवमार्फत् अनुरोध गर्न लागेको हो। वैशाख १५ गते शनिबार परेको छ।

मंगलबार उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक बसेको थियो। उक्त बैठकले चैत २८ गतेदेखि लागु हुने निर्वाचन आचार संहिता, २०७९ को कार्यान्वयनको लागि जिल्ला आचार संहिता अनुगमन समितिले निर्णय गरी पालना गराउन अनुगमन समितिलाई निर्देशनहरू दिइएको हो।

आचारसंहिता पालना तथा राजनीतिक दल तथा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्च प्रहरी तथा अन्य सुरक्षा निकाय, कुनै कार्यालय वा व्यक्तिमार्फत् आवश्यक सूचना र विवरण लिएर कारबाही गर्न निर्देशन दिइएको छ।

सरकार र प्रदेश सरकारका मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले आयोगको अनुमति नलिई निर्वाचन क्षेत्रमा उपस्थित भएको वा प्रचार प्रसारमा संलग्न भएमा जाँचबुझ गरी कारबाही अघि बढाउन पनि निर्देशन दिइएको छ।

वैशाख २ गतेदेखि १५ गतेसम्म मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन नियन्त्रण गर्ने गराउने व्यवस्था मिलाउन पनि पत्र पठाउने लेखेर पठाएको छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: