Loktantra Khabar National Weekly
Ad

कांग्रेस कोशीको प्रमुख सचेतकमा गोपाल तामाङ

लोकतन्त्र खबर
२७ चैत्र २०८०

नेपाली कांग्रेस कोशी प्रदेशको प्रमुख सचेतकमा सासद गोपाल तामाङ नियुक्त भएका छन्।

कांग्रेस ससदीय दलका नेता उद्धव थापाले तामाङलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन्। तत्कालीन प्रमुख सचेतक भूपेन्द्र राईले राजीनामा दिएपछि तामाङ प्रमुख सचेतक बनेका हुन्।

उनी झापा १ को प्रदेशसभा क्षेत्र नम्बर १ बाट प्रदेशसभामा निर्वाचित  भएका हुन।

‘प्रमुख सचेतकका रूपमा सदनमा दललाई प्रभावकारी रूपमा पेश गर्न तथा ससदीय अभ्यासलाई अझै बढी सार्थक बनाउन मेरो भूमिका केन्द्रित हुनेछ,’ तामाङले भने, ‘नेपाली कांग्रेसको नीति सिद्धान्त र प्राथमिकतालाई सदनमा मुखर तुल्याउने, दलको निर्देशन पालना गर्दै बलियो रूपमा दल प्रस्तुत गराउन म आफ्नो तर्फबाट पहल गर्नेछु।’  सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: