Loktantra Khabar National Weekly
Ad

राप्रपाले आज काठमाडौंमा जनप्रदर्शन गर्दै

लोकतन्त्र खबर
२७ चैत्र २०८०

राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार काठमाडौंमा जनप्रदर्शन गर्ने भएको छ।

गत फागुन ९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ४० बुँदे मागपत्र बुझाएको राप्रपाले आफ्नो माग पूरा दबाब सिर्जना गर्न काठमाडौंमा बृहत् जनप्रदर्शन गर्ने भएको हो।

आजको जनप्रदर्शनमा काठमाडौंका विभिन्न स्थानबाट जुलुस निस्कने, ललितपुर, भक्तपुर र आसपासका जिल्लाबाट र्‍याली सहितको सहभागीता रहने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताएका छन्।

प्रदर्शनका सहभागीहरू भृकुटीमण्डपमा भेला हुने, सहरका विभिन्न ठाउँको परिक्रमा गर्ने र सभा गर्ने राप्रपाले जनाएको छ।

सभालाई अध्यक्ष राजेन्द्र लिङ्देन र नेताहरुले सम्बोधन गर्नेछन्। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: