Loktantra Khabar National Weekly
Ad

निर्वाचन आयोगले उपनिर्वाचनका लागि आज उम्मेदवारको नामावली प्रकाशन गर्दै

लोकतन्त्र खबर
२६ चैत्र २०८०

वैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले आज उम्मेदवारको नामावली प्रकाशन गर्दैछ।

निर्वाचन कार्यतालिकाअनुसार शनिबार दर्ता भएका उम्मेदवारीमा दाबी विरोधको उजुरीका लागि आइतबार समय तोकिएको थियो। त्यस अवधिमा परेका उजुरीको जाँचबुझ गरी आज बेलुका ५ देखि ६ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको नामावली प्रकाशन गर्नेछ।

उम्मेदवारहरूलाई आफ्नो उम्मेदवारी फिर्ता लिन भोलि बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकेको छ। त्यसपछि आयोगले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरी भोलि नै चुनाव चिह्न प्रदान गर्नेछ।

वैशाख १५ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदानको समय तोकिएको छ। इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ (१) मा उपनिर्वाचन हुँदैछ।

उपनिर्वाचनका लागि नेकपा (एमाले)ले इलाममा सुहाङ नेम्बाङ र बझाङमा दमनबहादुर भण्डारीले उम्मेदवारी दिएका छन्। नेपाली कांग्रेसबाट इलाममा डम्बरबहादुर खड्का र बझाङमा अभिषेक उम्मेदवार छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट इलाममा मिलन लिम्बूलाई उम्मेदवार छन्। नेकपा माओवादी केन्द्रले दुवै ठाउँमा उम्मेदवारी दिएको छैन।

विभिन्न दल र स्वतन्त्र गरी इलाममा १२ र बझाङमा २० जनाको उम्मेदवारी परेको छ।

प्रतिक्रिया दिनुहोस्: