Loktantra Khabar National Weekly
Ad

उपनिर्वाचनका उम्मेदवारविरुद्ध उजुरी दिने आज

लोकतन्त्र खबर
२५ चैत्र २०८०

इलाम–२ मा प्रतिनिधिसभा सदस्य र बझाङ प्रदेशसभा–१ मा प्रदेशसभा सदस्य चयनका लागि आगामी वैशाख १५ गते हुने उपनिर्वाचनअन्तर्गत आज (आइतबार) उम्मेदवारहरूविरुद्ध दाबी विरोध गर्न निर्वाचन आयोगले आह्वान गरेको छ।

आयोगका अनुसार उम्मेदवारहरूका विरुद्ध आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी दिन सक्निछ। त्यसपछि चैत २६ गते अपराह्न ५ बजेसम्ममा उजुरीबारे जाँचबुझ गर्ने कार्यतालिका छ।

प्रतिनिधि सभा सदस्यका लागि शनिबार इलाम–२ मा २० जना र प्रदेश सभा सदस्यका लागि बझाङ प्रदेशसभा १ मा १२ जनाले उम्मेदवारी दिएका छन्।

निर्वाचन आयोगका अनुसार चैत २६ गते उमेदवारको नामावली प्रकाशन गर्ने, २७ गते बिहान बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता र २७ गते दिउँसो ३ बजेसम्म उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ।

त्यसपछि चैत २७ गते नै अपराह्न ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र वैशाख १५ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान गर्ने कार्यतालिका छ। नेपालखबर

प्रतिक्रिया दिनुहोस्: