Loktantra Khabar National Weekly
Ad

उपनिर्वाचनका लागि १० हजार ८९२ मतदान स्थल

लोकतन्त्र खबर
२३ चैत्र २०८०

काठमाडौं  चैत २३, निर्वाचन आयोगले इलाम-२को प्रतिनिधिसभा र बझाङ-१को प्रदेश सभामा हुने उपनिर्वाचनका लागि मतदानस्थल तोकेको छ ।

आयोगले अनुसार देशभर  १० हजार ८९२ मतदान स्थल तोकेको हो ।

निर्वाचन आयोगको बिहीबार बसेको बैठकले मतदान स्थल र मतदान केन्द्रहरुलाई अन्तिम रुप दिएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार इलाम-२ मा ७९ मतदान स्थल र १४९ मतदान केन्द्र रहेका छन् भने बझाङ-१ को प्रदेशसभा निर्वाचन क्षेत्रमा ७४ मतदान स्थल र ९३ मतदान केन्द्र तोकिएको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: