Loktantra Khabar National Weekly
Ad

घिमिरेलाई राष्ट्रिय सभा उपाध्यक्षकाे उम्मेदवार बनाउने एमालेको निर्णय

लोकतन्त्र खबर
२२ चैत्र २०८०

काठमाडौं–सत्तारुढ दल नेकपा नेकपा एमालेले राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

राष्ट्रियसभा संसदीय दल नेता देवेन्द्र दाहालका पार्टीले घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिए। उनले सत्ता गठबन्धनको सहमति अनुसार राष्ट्रिय सभाको उपाध्यक्ष एमालेले पाउने भएकाले सोही सहमति अनुसार घिमिरेको नाम टुङ्गो लगाएको बताए ।

सत्तारुढ चार दल एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपाबीच भएको ८ बुँदे सहमतिमा राष्ट्रिय सभा अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेले लिने उल्लेख थियो । तर एकीकृत समाजवादी पनि गठबन्धनमा सहभागी भएपछि उसले उपाध्यक्षमा दाबी गर्‍यो र पाँच दलले गरेको सहमतिमा उपाध्यक्ष एमालेले लिने सहमति हटाइएको थियो ।

राष्ट्रियसभा उपाध्यक्षका लागि यही २८ चैतमा निर्वाचन हुने कार्य तालिका रहेको छ ।  स्पेस समाचार

प्रतिक्रिया दिनुहोस्: