मन्त्रिपरिषद बैठकले अरनिको पाँडेसहित चार जनालाई राष्ट्रिय योजना आयोगको सदस्य मनोनीत गर्ने निर्णय गरेको छ।
सरकारकी प्रवक्ता रेखा शर्माका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आयोगको सदस्यमा काठमाडौंकी संगीता सिंह, जुम्लाका कुसेन्द्रबहादुर महत, पाल्पाका शिवराज अधिकारी र ललितपुरका अरनिकोकुमार पाँडेलाई नियुक्ति गर्ने निर्णय भएको छ।
संगीता सहरी विकास विज्ञ हुन्। पाँडे राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य तथा जलवायु विज्ञसमेत हुन्। सेतोपाटी
प्रतिक्रिया दिनुहोस्:

