Loktantra Khabar National Weekly
Ad

माओवादीले नारायणकाजी, रेखा र शक्तिलाई फेरि मन्त्री बनाउने

लोकतन्त्र खबर
२३ फाल्गुन २०८०

नेकपा (माओवादी केन्द्र) ले यसअघि मन्त्री रहेका तीन जनालाई फेरि मन्त्रीमा निरन्तरता दिने भएको छ।

वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई उपप्रधान तथा परराष्ट्र मन्त्री बनाउने निर्णय गरेको माओवादीले रेखा शर्मा र शक्तिबहादुर बस्नेतलाई पनि मन्त्री बनाउने भएको हो।

माओवादीका एक पदाधिकारीले तीन जनालाई फेरि मन्त्रीमा दोहोर्‍याउन लागिएको जानकारी दिए।

यसअघि श्रेष्ठ उपप्रधान तथा गृहमन्त्री थिए। शर्मा सञ्चार तथा सूचना प्रविधि मन्त्री थिइन् भने बस्नेत ऊर्जामन्त्री थिए। नयाँ सरकारमा शर्मा र बस्नेतले कुन मन्त्रालय सम्हाल्ने टुंगो लागिसकेको छैन।

यसका साथै माओवादीबाट प्रधानमन्त्रीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छन् भने हितबहादुर तामाङ पनि मन्त्री छन्। तामाङले गत सोमबार नै मन्त्रीको शपथ लिए पनि बिनाविभागीय छन्।

उपमहासचिव वर्षमान पुन अर्थमन्त्री बन्ने टुंगो लागेको छ।  सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: