नेकपा (एमाले)को प्रमुख सचेतक महेश बर्तौला बनेका छन्।
एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बर्तौलालाई प्रमुख सचेतक तोकेका हुन्।
बर्तौला यसअघि सचेतक थिए। प्रमुख सचेतक रहेका पदम गिरी मन्त्री नियुक्त भएपछि बर्तौला प्रमुख सचेतक बनेका हुन्। त्यस्तै सचेतक सुनिता बराल बनेकी छिन्।
बर्तौला र बराल दुवै विद्यार्थी राजनीतिबाट आएका हुन्। बराल अनेरास्ववियुको पूर्वअध्यक्ष हुन्। बर्तौला उपाध्यक्षबाट बिदा भएका हुन्।
बर्तौला मकवानपुर क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन्। सेतोपाटी
प्रतिक्रिया दिनुहोस्: