Loktantra Khabar National Weekly
Ad

गोरखाका चार गाउँपालिकाले दिए ‘जनयुद्ध दिवस’ मा बिदा

लोकतन्त्र खबर
२९ माघ २०८०

गोरखाका चार गाउँपालिकाले फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेका छन्।

‘जनयुद्ध दिवस’ का अवसरमा चार पालिकाले बिदा दिने निर्णय गरेका हुन्।

अजिरकोट, गण्डकी र बारपाक सुलिकोट गाउँपालिकाले बिदाको सूचना जारी गरिसकेका छन्। भीमसेनथापा गाउँपालिकाले वार्षिक कार्यपात्रोमै फागुन १ मा बिदा दिने निर्णयलाई समावेश गरेको छ।

२०७९ मा भएको स्थानीय तह चुनावमा यी चारै पालिका प्रमुख नेकपा (माओवादी केन्द्र) का उम्मेदवारले जितेका थिए।

संघीय सरकारले पनि ‘जनयुद्ध दिवस’ मा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। तर सो निर्णयविरूद्ध सर्वोच्चमा रिट परेपछि बदर भएको थियो। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: