Loktantra Khabar National Weekly
Ad

ललितपुरमा आगोले जलेर ६५ वर्षीय वृद्धको मृत्यु

लोकतन्त्र खबर
२६ माघ २०८०

ललितपुर ।  गोदावरी नगरपालिका-११ बुलुपार्क बस्ने ६५ वर्षीय कान्छा महर्जनको आगोले महर्जनको जलेर मृत्यु भएको छ । टहरोमा बिहीबार राति आगलागी हुँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट टहरो समेत पूर्णरूपमा क्षति भएको छ । आफ्नै जस्ताको टहरोमा आगलागी हुँदा सोही आगोले जलेर उनको मृत्यु भएको भन्दै  प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: