Loktantra Khabar National Weekly
Ad

प्रसाईं नेतृत्वको अभियानले भृकुटीमण्डपमा गर्‍यो कार्यक्रम

लोकतन्त्र खबर
१ फाल्गुन २०८०

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियानले काठमाडौंको भृकुटीमण्डपमा कार्यक्रम गरेको छ।

अभियान सञ्चालन भएको वर्षदिन पुगेका अवसरमा कार्यक्रम भएको हो।

मेडिकल व्यवसायी दुर्गा प्रसाईं उक्त महाअभियानका संयोजक छन्। कार्यक्रमका लागि उपत्यकाका विभिन्न क्षेत्रबाट र्‍यालीसहित मानिसहरू राष्ट्रिय झण्डा बोकेर भृकुटीमण्डपमा भेला भएका थिए।

कार्यक्रममा बोल्दै प्रसाईंले राजतन्त्र फर्काउन पनि अभियान चलाइएको बताएका थिए। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: