Loktantra Khabar National Weekly
Ad

ललितपुरमा करिब ५ लाख बराबरको धनमाल चोरी

लोकतन्त्र खबर
१९ मंसिर २०८०

ललितपुर । ललितपुरको एक घरबाट करिब ५ लाख बराबरको चोरी भएको छ ।  ललितपुर महानगरपालिका-१४ लुहार चोक बस्ने ईश्वर अछामीको घरबाट सोमबार दिउँसो कोही नभएको अवस्थामा ताल्चा फोडी धनमाल चोरी भएको हो ।

करिब ४ लाख ९५ हजार बराबरको सुनको गरगहना चोरी भएको प्रहरीले जानकारी दिएको छ । हाल फरार चोरको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: