Loktantra Khabar National Weekly
Ad

गण्डकीका मुख्यमन्त्री पाण्डेले भने- कोरला नाकासम्मको सडक छिटो निर्माण गर्नुपर्छ

लोकतन्त्र खबर
१८ आश्विन २०८०

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कोरला नाका खोल्ने तयारी भइरहेको बताएका छन्।

नाका क्षेत्रको अवलोकन गरेपछि बिहीबार मुख्यमन्त्री पाण्डेले सडक स्तरउन्नतीको काम छिटो गर्नुपर्ने बताए।

‘चीनको तिब्बततर्फ भौतिक संरचनाहरू निर्माण भइसकेको देखिन्छ, हाम्रोतर्फ (मुस्ताङ) मा कुनै संरचना छैन। अब यहाँसम्मको सडक स्तरउन्नती छिटो गरेर भौतिक संरचना पनि निर्माण गर्नुपर्छ,’ मुख्यमन्त्री पाण्डेले भने।

मुख्यमन्त्री पाण्डेका अनुसार अध्यागमन, सुरक्षा चेकजाँच, भन्सार सञ्चालन गर्न पनि नेपालतर्फ भौतिक संरचना निर्माणको आवश्यकता रहेको बताए। अहिले भन्सार र सुरक्षा चेकपोस्ट रहेको ठाउँ नाकाभन्दा ९ किमी टाढा छ।

‘कोरला नाकासम्मको सडक पनि संघ सरकारको गौरबको योजना हो, यसमा प्रदेश सरकारले पनि सहकार्य गरेको छ,’ उनले भने। उनले निर्माण व्यवसायीले ढिला काम गर्न सडक स्तरउन्नती हुन समय लागिरहेको बताए।

नाका खोल्ने बारेमा चीन भ्रमणका बेला प्रधानमन्त्री पुष्पकमल दाहालले पहल गरेकोसमेत उनको भनाइ थियो। ‘तर नाका कहिलेदेखि खुल्छ अहिले नै यकिन भइसकेको छैन,’ उनले भने।

बैठकमा नाका र प्रदेशको सुरक्षा संवेदनशिलता, नाका

सीमा नाका निरीक्षण गर्न पुगेको गण्डकी प्रदेशस्तरीय सुरक्षा समिति र मुस्ताङ जिल्लास्तरीय सुरक्षा समिति बैठक पनि कोरलामा बसेको थियो।खुल्दा र नखुल्दा आउन सक्ने चुनौती, समाधानका उपाय, स्थानीयको आवश्यकता लगायतका बारेमा छलफल भएको मुख्यमन्त्री पाण्डेको सचिवालयले जानकारी दिएको छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: