Loktantra Khabar National Weekly
Ad

सामान्य विवादमा १७ वर्षीय सनिमाथि भएको थियो चक्कु प्रहार

लोकतन्त्र खबर
१७ आश्विन २०८०

काठमाडौं । दुई पक्षबीच सामान्य विवादका कारण चक्कु प्रहार हुँदा ओखलढुंगाको लिखु गाउँपालिका–४ का १७ वर्षीय सनि कार्कीको ज्यान गएको अनुसन्धानबाट खुलेको छ ।

इन्द्रजात्रा हेर्न कार्कीसहितका ४/५ जना साथीहरू वसन्तपुर पुगेका थिए । वसन्तपुरमै आएका १९ वर्षीय अरबिन ठकुरीबीच सुरुमा सामान्य विवाद भयो ।

दुवै समूहले मादकपदार्थ सेवन गरेको काठमाडौं प्रहरीले जनाएको छ । सोही सामान्य विवादमा ठकुरीसहितका समूहले कार्कीमाथि अन्दाधुन्दा चक्कु प्रहार गरेको काठमाडौं प्रहरी परिसरका एसपी कुमोध ढुंगेलले जानकारी दिए ।

ठकुरीको समूहले कार्कीलाई हिरो बन्न खोज्ने भन्दै चक्कु प्रहार गरेको प्रहरीको भनाइ छ ।

चक्कु प्रहारबाट घाइते भएका कार्कीको उपचारको क्रममा महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सपलान्ट सेन्टरमा सोमबार मृत्यु भएको थियो ।

घटनामा संलग्नलाई काठमाडौं प्रहरीको विशेष टोलीले मंगलबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुर नागबाहल बस्ने १९ वर्षीय अरबिन ठकुरी, २० वर्षीय सोनिया श्रेष्ठ खड्गी, ललितपुर एकान्तकुना बस्ने २२ वर्षीय सन्देश खड्गी, मकवानपुर हेटौंडाका १९ वर्षीया भूमि मल्ल छन् । प्रहरीले अरबिनलाई चक्कुसहित पक्राउ गरेको छ । बाह्रखरी 

 

प्रतिक्रिया दिनुहोस्: