Loktantra Khabar National Weekly
Ad

बुद्धचित्तका माला व्यापारीको अपहरण आरोपमा दुईजना पक्राउ

लोकतन्त्र खबर
१६ आश्विन २०८०

काठमाडों । अपहरणको आरोपमा सोमबार दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेका भोजबहादुर लामा र आशलाल लामा छन् । उनीहरूलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जको टोलीले पक्राउ गरेको हो ।

सोमबारै उनीहरूले काभ्रेका एक बुद्धचित्त मालाका व्यापारीलाई अपहरण गरेको खुलेको प्रहरीले जनाएको छ ।

व्यापारीलाई बन्धक बनाएको आरोपमा लामाद्वयलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एवं एसएसपी भूपेन्द्र खत्रीले बताए ।

“सोमबार उनीहरूले व्यापारीलाई बन्धक बनाएको सूचना आएपछि पक्राउ गरिएको हो । घटनाको बारे अनुसन्धान भइरहेको छ,” एसएसपी खत्रीले बाह्रखरी सित भने ।

प्रहरीका अनुसार, पक्राउ परेका भोजबहादुर वाग्मती प्रदेशका खानेपानीमन्त्री तीर्थ लामाका भाइ हुन् । उनी आपराधिक पृष्ठभूमिका हुन् । बाह्रखरी

प्रतिक्रिया दिनुहोस्: