Loktantra Khabar National Weekly
Ad

आन्दोलनसम्बन्धी कार्ययोजना बनाउन राप्रपाले बनायो कार्यदल

लोकतन्त्र खबर
१६ आश्विन २०८०

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी आन्दोलनसम्बन्धी कार्ययोजनालाई अन्तिम रूप दिन कार्यदल गठन गरेको छ।

सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले महामन्‍त्री धवलशम्शेर राणाले प्रस्तुत गरेको कार्ययोजनालाई अन्तिम रूप दिन कार्यदल गठन गरेको हो।

उक्त कार्यदलमा वरिष्ठ नेता बुद्धिमान तामाङ, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष हेमजङ गुरूङ, महामन्त्री राणा र कुन्ती शाही रहेको कार्यदल गठन गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

राप्रपाले प्रदेशहरूमा सभा तथा प्रदर्शन गर्ने तयारी गरेको छ।

यस्तै मूल्यवृद्धि विरोधमा सरकारलाई ध्यानाकर्षणसमेत गराउने राप्रपाको तयारी छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: