Loktantra Khabar National Weekly
Ad

एमाले कर्णाली अधिवेशनः मतगणना सुरू भएन, नेताहरू छलफलमा

लोकतन्त्र खबर
१५ आश्विन २०८०

नेकपा (एमाले) को कर्णाली प्रदेश कमिटी चयनका लागि भएको निर्वाचनअन्तर्गत मतगणनाको समय सरेको छ।

सोमबार बिहान ८ बजेका लागि तोकिएको मतगणना दुई घण्टा पर सरेको हो।

निर्वाचन कमिटी र सम्बन्धित उम्मेदवारहरुसँग मतगणना प्रणालीका विषयमा छलफल नै ढिलो सुरु भएकाले मतगणनाको समय धकेलिएको उपाध्यक्षका उम्मेदवार टेकराज पछाईले बताए।

‘छलफल हुँदैछ, तोकिएको समयमा मतगणना भएन,’ उनले भने, ‘साढे ९ वा १० बजेतिरबाट सुरू होला।’

नेतृत्व चयनका लागि आइतबार दिउँसो पौने २ बजेखि राति ९ बजेसम्म मतदान भएको थियो।

मतदानमा ६०९ जना मतदाता सहभागी भएको निर्वाचन कमिटीले जनाएको छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: