Loktantra Khabar National Weekly
Ad

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच बालुवाटारमा छलफल

लोकतन्त्र खबर
१४ आश्विन २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल भइरहेको छ।

उनीहरूबीच बिहान साढे आठ बजेदेखि छलफल जारी रहेको र संवादमा कांग्रेसका उपसभापति तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, कांग्रेस, एमाले, माओवादी केन्द्रका सचेतकहरू पनि रहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।

दलहरूबीच भएको सहमतिअनुसार सरकारले सुन तस्करी जाँचबुझ गर्न उच्चस्तरीय आयोग नबनाएको भनेर प्रमुख प्रतिपक्षी लगायत विपक्षी दलहरू रूष्ट छन्। छलफल यही विषयमा केन्द्रित रहेको बुझिएको छ।

आजै संसद्मा प्रतिनिधित्व गर्ने दलहरूबीच सर्वदलीय छलफल पनि बोलाइएको छ। छलफल बालुवाटारमा बिहान ११ बजे हुने प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरणले बताए।

आजै संसद बैठक पनि छ। दिउँसो १ बजे बस्ने संसद् बैठकअघि दलहरूबीच सहमति खोज्ने प्रयास गर्न लागिएको हो।

सात राजनीतिक दल र सरकारबीच गत भदौ ६ गते सुन तस्करी छानबिन गर्न आयोग बनाउने सहमति भएको हो। आयोगले असोज ५ गतेदेखि काम थाल्ने भनिएको थियो। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: