Loktantra Khabar National Weekly
Ad

सर्लाहीको पर्सा स्थित सती बिहुला स्थानमा डिप बोरिङको उद्घाटन

लोकतन्त्र खबर
१४ आश्विन २०८०

लोकतन्त्र समाचारदाता—
सर्लाही,असोज १४

सर्लाहीको पर्सा गाउँपालिका वडा नम्बर २ संग्रामपुर स्थित सती बिहुला स्थानमा डिप बोरिङको उद्घाटन भएको छ ।

संघीय सरकारका खानेपानी मन्त्री महेन्द्र रायको विशेष पहलमा जडान भएको उक्त डिप बोरिङको शनिबार एक समारोहका बिच गाउँपालिकाका अध्यक्ष धिरेन्द्र यादव`विस्पत´ ले उद्घाटन गरेका हुन् ।

समयमा बर्षा नहुँदा खेतबारीमा सिंचाइको समस्या भोग्दै आइरहेका किसानहरुको लागि यो एउटा ठुलो उपलब्धि मुलक भएको र यसबाट किसानको समस्या केही हद सम्म समाधान हुनेछ भन्ने विश्वास लिइएको गापा अध्यक्ष यादवले बताए।

उनले उद्घाटन समारोहमा उपस्थित हुन नपाएका खानेपानी मन्त्री रायलाई यसै कार्यक्रम मार्फत धन्यवाद दिंदै अगामी दिनहरुमा पनि यस्तै सहयोगको अशा र अपेक्षा गरे।

कार्यक्रममा वडा न-२ का वडाध्यक्ष सतेन्द्र राय, राकेश राम, स्थानीय समाजसेवी मानेश्वर यादव, अरुण मण्डल, रामनाथ राय, महमुद अन्सारी, कार्यपालिका सदस्य प्रविण रजक लगायत स्थानीयबासीहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्: