Loktantra Khabar National Weekly
Ad

सामाजिक सञ्जालमा सामाजिक सद्भावविरुद्धका गतिविधि नराख्न आग्रह

लोकतन्त्र खबर
११ आश्विन २०८०

खोटाङ । जिल्ला प्रशासन कार्यालय खोटाङले सामाजिक सञ्जालमा सामाजिक सद्भावविरुद्धका गतिविधि नराख्न जिल्लावासीलाई आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारको अध्यक्षतामा बुधबार बसेको सर्वपक्षीय भेलाले सो आग्रह गरेको हो । भेलामा सहभागीले सामाजिक सञ्जालमा व्यक्तिगत चरित्र हत्या गर्ने, अवाञ्छित गतिविधिमा लागेका व्यक्तिलाई बल पुर्याउनेलगायत गतिविधिप्रति चिन्ता व्यक्त गर्दै यसलाई निरुत्साहन गर्न जोड दिएका थिए ।

भेलामा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, सरोकारवाला निकाय, पत्रकारलगायतको सहभागिता थियो ।

भेलाले जिल्लामा क्रियाशील पत्रकार र सञ्चारमाध्यमबाट सबैमा सकारात्मक सन्देश जाने खालका सूचना तथा सामग्री प्रकाशन गराउने पनि निर्णय गरेको छ । रासस  बाह्रखरी

प्रतिक्रिया दिनुहोस्: