Loktantra Khabar National Weekly
Ad

भाँडसर स्थित लाइफ लाइट कोचिङ्गले विभिन्न कार्यक्रम गरि मनाए राष्ट्रिय बालदिवस तथा संविधान दिवस

लोकतन्त्र खबर
४ आश्विन २०८०

लोकतन्त्र समाचारदाता—-
सर्लाही,असोज ४

सर्लाहीको मलंगवा नगरपालिका वडा न-५ स्थित भाँडसरमा रहेको लाइफ लाइट कोचिङ्ग सेन्टरले विभिन्न कार्यक्रम गरि ५९ औं राष्ट्रिय बालदिवस तथा संविधान दिवस मनाएको छ।

सो दिवसको अवसरमा बुधबार आयोजना भएको सांस्कृतिक कार्यक्रम सहित हाजिरी जवाफ तथा वक्तृत्वकला प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरेर उनीहरुको हौसला बढाएका थिए ।

वडा न-५ का पुर्व वडाअध्यक्ष मनोज कुमार सहनीको अध्यक्षता तथा पुर्व जिल्ला समन्वय समिति सदस्य विनय कुमार रायको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशिष्ठ अतिथिहरु राम गुलाम मावि भाँडसरका प्राधानाध्यापक मनोज कुशवाहा,पुर्व प्रअ डा.विरभंस बैठा,प्रअ राम आधार यादव,प्रअ जय कृष्ण महतो तथा दिपेन्द्र साह,विशेश्वर महतो,राम बहादुर महरा लगायतका अतिथिहरुकि उपस्थिति रहेको थियो।

उपस्थित अतिथिहरुलाई आयोजकले मायाको चिनो प्रदान गरेर सम्मानित गरेका थिए।

अभिभावक ,विद्यार्थी लगायत स्थानीयबासीहरुको उपस्थिति रहेको कार्यक्रमको संचालन कोचिङ्ग सेन्टरका संयोजक कामेन्द्र महराले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्: