Loktantra Khabar National Weekly
Ad

मलंगवा र गडहिया सव स्टेसनबाट सेवा प्रवाह हुने ठाउँहरुमा आज(बुधबार) ३ बजे साँझसम्म विद्युत अवरुद्ध हुने

लोकतन्त्र खबर
३ आश्विन २०८०

लोकतन्त्र समाचारदाता—
सर्लाही,असोज ३

सर्लाहीका विभिन्न स्थानमा आज(बुधबार) आठ घण्टा विद्युत् वितरण प्रभावित हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरण मलंगवा वितरण केन्द्रले एक मंगलबार एक सूचना जारी गर्दै मलंगवा वितरण केन्द्र अन्तर्गत मलंगवा र गडहिया सव स्टेसनबाट सेवा प्रवाह हुने ३३ के.भि लाइन अत्याधिक गर्मीका कारण ओभरलोड भई पटकपटक तार चुड्ने भइरहेको हुँदा सो लाइन मर्मत गर्न ३ गते बुधबार बिहान ७ बजेदेखि साँझ ३ बजेसम्म लाइन अबरुद्ध हुने जानकारी गराएको छ।सो समय अगावै लाइन मर्मत कार्य सम्पन्न भएको खण्डमा सोही अनुसार लाइन सुचारु हुने प्राधिकरणले जनाएको छ।

प्राधिकरणले आश्विन महिनाभरी विधुतको खपत धेरै हुने भएकोले सो महिनाभर बेलुका ५ बजेदेखि बिहान ७ बजेसम्म बढी विजुली खपत हुने विधुतिय उपकरणहरु नचलाइ सहयोग गरिदिन पनि इन्जिनियर नारायण प्रसाद कर्ण द्वारा हस्ताक्षरित सूचना मार्फत अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्: