Loktantra Khabar National Weekly
Ad

राजनीतिक नेतृत्वले धोका दिएको महसुस जनताले गरेका छन्ः रवि लामिछाने

लोकतन्त्र खबर
३ आश्विन २०८०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आम नागरिकले राजनीतिक नेतृत्वले धोका दिएको महसुस गरेको बताएका छन्।

पार्टीको राजनीतिक दस्तावेजका लागि सुझाव लिन रोल्पा पुगेका उनले अहिलेको राजनीतिक नेतृत्व व्यवस्था परिवर्तनमा सफल देखिए पनि नागरिकको अवस्था बदल्न चुकेको बताएका हुन्।

‘जननिर्वाचित संविधानसभाद्वारा संविधान बनाइनु ऐतिहासिक थियो। जनताले हदैसम्मको सङ्घर्ष गरेर नयाँ संविधान बनाएको आठ वर्ष पुगिसकेको छ।

तर मुलुकको बागडोर सम्हालेको अहिलेको सम्पूर्ण प्रमुख नेतृत्व व्यवस्था परिवर्तनमा सफल भए पनि जनताको अवस्था परिवर्तनमा चुकेको छ,’ उनले भने, ‘आज म, विगत तीन दशकको राजनीतिक उतारचढावमा सबैभन्दा पीडा भोगेको रोल्पामा छु। जनताले राजनीतिक नेतृत्वले धोका दिएको महसुस गरेका छन्।’

सभापति लामिछानेले जनताले समृद्धिको ढोका खोजिरहेको बताएका छन्। नागरिकले संविधान साधन हो, साध्य होइन भनेर बुझेको पनि लामिछानेले बताएका छन्।

‘संविधान आफैंमा गतिशील दस्ताबेज हो। हाम्रो संविधानमा धेरै सबल र उन्नत लोकतान्त्रिक पक्षहरू भए पनि केही संरचनागत व्यवस्थाहरूले राज्यलाई बोझिलो बनाएको छ। संविधान स्वयंले नै लोकतान्त्रिक प्रक्रियाद्वारा संशोधनको बाटो खुला राखेको छ।

अतः लोकतान्त्रिक व्यवस्थाको सदुपयोग गर्दै हाम्रो संविधान देश र जनतालाई समृद्धिको बाटोमा अगाडि लैजाने साधन बनोस्। हामी सबैलाई संविधान दिवसको हार्दिक शुभकामना,’ उनले भनेका छन्। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: