Loktantra Khabar National Weekly
Ad

शेखर समूहको बैठक आज, विश्वप्रकाश र प्रदीपलाई पनि बोलाइयो

लोकतन्त्र खबर
२ आश्विन २०८०

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहको बैठक आज (मंगलबार) बस्दै छ । बैठक शेखरको सम्पर्क कार्यालय बालुवाटारमा दिउँसो २ बजे बस्ने तय भएको छ ।

बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेललाई पनि बोलाइएको छ । उनीहरूलाई समूहको बैठकमा पहिलोपटक बोलाइएको एक नेताले जानकारी दिए ।

“सिटौला छाडेपछि प्रदीप हामीतिरै छन् । विश्वजीलाई पनि बोलाएका छौँ,” ती नेताले भने, “उहाँहरू हामीसँग हुनुहुन्छ भन्ने पटकपटकको सहकार्यले देखाइसकेको छ । बोलाएका छौँ, आउँछौँ भन्नुभएको छ ।”

पार्टीको १४औँ महाधिवेशनमा शर्मा प्रकाशमान सिंहको टिमबाट महामन्त्री लडेका थिए । पौडेल देउवा टिमबाट महामन्त्री लडेर पराजित भएका थिए ।

बैठकमा असोज ४ गतेबाट बस्ने केन्द्रीय समिति बैठक, समूहको गतिविधि, रूपान्तरण अभियानलगायत विषयमा छलफल हुने नेताहरू बताउँछन् । बाह्रखरी

प्रतिक्रिया दिनुहोस्: