Loktantra Khabar National Weekly
Ad

विदेशी सम्बन्धन प्राप्त विद्यालयले सर्त पूरा नगरे विद्यार्थी सारेर बन्द गरिने

लोकतन्त्र खबर
२७ भाद्र २०८०

काठमाडौं । सरकारले विदेशी बोर्ड वा शिक्षण संस्थासँग आवद्ध भएर नेपालभित्र सञ्चालनमा रहेका विद्यालयले सर्त उल्लंघन गरे कडा कारबाही गर्ने ऐन ल्याउन लागेको छ ।

मंगलबार संसद् सचिवालयमा दर्ता गरिएको ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’मा कडा कारबाहीको व्यवस्था गरिएको हो ।

कूटनीतिक नियोगले अनुरोध गरेमा सरकारले सर्त तोकी विद्यालय स्थापना र सञ्चालन गर्न अनुमति दिन सक्ने व्यवस्था विधेयकमा छ ।

“यसका साथै यसअघि स्थापना भएका विद्यालयको बचाउ गरिएको छ भने सर्त उल्लंघन भएमा अध्ययनरत विद्यार्थीलाई अन्यत्र अध्ययन गर्ने व्यवस्था मिलाई त्यस्ता विद्यालय बन्द गरिने व्यवस्था गरिएको छ,” विधेयकमा भनिएको छ ।

यस्तो कारबाहीले विद्यालय शिक्षामा विदेशका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने अभ्यास व्यवस्थित हुन जाने विश्वास विधेयकमा व्यक्त गरिएको छ । बाह्रखरी

प्रतिक्रिया दिनुहोस्: