Loktantra Khabar National Weekly
Ad

राप्रपाले आज काठमाडौंमा विरोध सभा गर्ने

लोकतन्त्र खबर
२७ भाद्र २०८०

काठमाडौं : राप्रपाले आज काठमाडौंमा बृहत् विरोध सभा गर्ने भएको छ। काठमाडौंको भृकुटीमण्डपमा दिउँसो १२ बजेपश्चात बृहत जनसभाको आयोजना गर्न लागेको हो। विरोध सभामा सहभागि हुने देशका विभिन्न स्थानबाट नेता कार्यकर्ता काठमाडौंमा आइपुगेका छन्।

भ्रष्टाचारमा संलग्न उच्च राजनीतिक नेतृत्वलाई छानविनको दायरामा ल्याउन, सुन तस्करी लगायतका भ्रष्टाचारका काण्डमा संलग्नको पूर्ण छानबिन गर्न दबाब दिनका लागि विरोध सभाको आयोजना गर्न लागिएको राप्रपाले जनाएको छ।

गौवंश हत्याको विरोध, विभिन्न संघसंस्थाबाट भइरहेका प्रदर्शन र विरोधमा ऐक्यबद्धता जनाउन, हिन्दुत्वको रक्षा एवं हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनाका लागि दवाव दिन पनि राप्रपाले जानकारी दिएको छ।

देशद्रोहीविरुद्ध आन्दोलन स्वरुप राप्रपाले विरोध सभा गर्न लागेको राप्रपा नेता ज्ञानेन्द्र शाहीले जानकारी दिए। शाहीले विभिन्न प्रकरणको अनुसन्धान नेताहरूमाथि आए पनि प्रकरणलाई नै कमजोर बनाउन खोजिएको उल्लेख गरे।  विरोध सभा गर्ने जानकारी दिन आयोजित पत्रकार सम्मलेनमा उनले बालुवाटार प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराईलाई पक्राउ नगरेसम्म सडक आन्दोलन गर्ने बताए।

राप्रपाले शिथिल अर्थतन्त्रले निम्त्याउन लागेको आर्थिक संकटमा सरकारको उदासिनता, बढ्दो बेरोजगारी, मूल्यवृद्धिजस्ता विषयमा गम्भीर बन्नका लागि सरकारलाई दबाब सिर्जना गर्न विरोधसभा गर्न लागिएको जनाएको छ।   

 

प्रतिक्रिया दिनुहोस्: