Loktantra Khabar National Weekly
Ad

बिहारबाट नक्कली प्रमाणपत्र ल्याई पढाउने शिक्षकविरुद्ध मुद्दा दायर

लोकतन्त्र खबर
२५ भाद्र २०८०

काठमाडौं । भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र ल्याई सरकारी विद्यालयमा पढाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

नुवाकोटको विदुरस्थित श्री कन्यादेवी आधारभूत विद्यालयकी प्रावि तृतीय शिक्षक मञ्जुकुमारी थापा (ओझा)विरुद्ध सोमबार अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

थापा ०५५ मंसिर ११ गते साविक श्री कन्या देवी निम्न माध्यमिक विद्यालयमा प्रावि तहको अस्थायी शिक्षक दरबन्दीमा नियुक्त भएको देखिएको अख्तियारले जनाएको छ ।

०७५ चैत २९ गते श्री कन्या देवी आधारभूत विद्यालयमा स्थायी नियुक्तिका लागि भारतको विहार संस्कृत शिक्षा बोर्डबाट मध्यमा तहको परीक्षा उत्तीर्ण गरेको झुटो शैक्षिक प्रमाणपत्र पेस गरी लाभ लिएको अख्तियारको ठहर छ ।

साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम उनले कसुर गरेको पुष्टि भएकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । बाह्रखरी

प्रतिक्रिया दिनुहोस्: