Loktantra Khabar National Weekly
Ad

चीन भ्रमणबारे प्रधानमन्त्री प्रचण्डले गरे सर्वदलीय छलफल

लोकतन्त्र खबर
२४ भाद्र २०८०

सिंहदरबारमा सर्वदलीय बैठक जारी छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसेको हो।

प्रधानमन्त्री प्रचण्ड भदौ ३० गते संयुक्त राज्य अमेरिका भ्रमणमा जाँदै छन्। त्यहीँबाट असोज ५ गते चीन भ्रमणमा जाने तय भएको छ।

चीन भ्रमणबारे सुझाव लिनका लागि प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक बोलाएका हुन्।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष सिके राउत लगायत उपस्थित छन्। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: