Loktantra Khabar National Weekly
Ad

स्याङ्जामा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु

लोकतन्त्र खबर
२२ भाद्र २०८०

वालिङ (स्याङ्जा) । स्याङ्जामा माछा मार्ने क्रममा शुक्रबार बिहान करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ ।

वालिङ नगरपालिका–६, रसखोलास्थित आमडाली बस्ने ३६ वर्षीय यामबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पवलसिंह लामाले बताए । प्रहरीले माछा मार्न गएका अन्य चारजनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेहरूमा वालिङ–६ थापाडाँडा बस्ने ३६ वर्षीय तिलबहादुर थापा क्षेत्री, पाल्पाको रामपुर नपा–१० बस्ने ३७ वर्षका दीपेन्द्र अधिकारी, पर्वतको पैँयु गाउँपालिका घर भई हाल वालिङ–६ स्थित तारादेवी ब्लक उद्योगमा काम गर्ने २० वर्षीय अनिल चौधरी र कञ्चनपुरको बेलौरी नगरपालिका–६ घर भई सोही ब्लक उद्योगमा काम गर्ने ६० वर्षीय बलदेव राना रहेका छन् ।

प्रहरीले माछा मार्न प्रयोग हुने तार, रड र बाँसका भाटा नियन्त्रणमा लिएको छ । शव परीक्षणका लागि वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा राखिएको छ । रासस    बाह्रखरी

 

प्रतिक्रिया दिनुहोस्: