Loktantra Khabar National Weekly
Ad

काँग्रेसका सह–महामन्त्री महेन्द्र यादव माथि भएको सांघातिक आक्रमणको विरोधमा तरुण दल सर्लाही द्वारा मलंगवामा प्रदर्शन

लोकतन्त्र खबर
२२ भाद्र २०८०

बखतियार अलि–

सर्लाही ,भाद्र २२ । नेपाली काँग्रेसको भातृ संगठन तरुण दल सर्लाहीले काँग्रेस सह–महामन्त्री एवं तरुण दलका पुर्व अध्यक्ष महेन्द्र यादव माथि बुधबार काठमाडौमा भएको सांघातिक आक्रमणको निन्दा गर्दौे सदरमुकाम मलंगवामा विरोध प्रदर्शन गरेका छन्। बिहिवार (दिउँसो)तरुण दल जिल्ला कार्यसमिति सर्लाहीका सदस्यहरु गृहमन्त्रीको राजिनामाको माग तथा नेपाल सरकारको विरुद्धमा नाराहरु लेखिएका ब्यानर र प्लेकार्डहरु बोकेर नगरको परिक्रमा गर्दै मलंगवा स्थित बालमन्दिर चौकमा पुगि टाएर बालेर प्रदर्शन गरेका छन् ।  धनुषा जिल्ला निवासी नेता यादव माथि बुधबार दिउँसो काठमाडौ स्थित भृकुटीमण्डपमा रिपोटर्स क्लबको कार्यक्रमबाट बाहिरिने क्रममा नुवाकोट जिल्ला घर भएका श्याम सापकोटाले धारिलो हतियार प्रयोग गरि ज्यान लिने मनसायले आक्रमण गरेका थिए। लोकतन्त्र विरोधी तत्वहरुको उक्साहटमा आक्रमण भएकोले आक्रमण गर्ने सापकोटा र निजलाई प्रयोग गर्ने लोकतन्त्र विरोधी तत्वहरुकि पत्ता लगाइ कडाभन्दा कडा कानुनी कार्यवाही गर्नु पर्ने आफुहरुको माग रहेको तरुण दलका केन्द्रीय सदस्य लोकहरी पौडेलले बताए ।  गृहमन्त्रीको राजिनामा सहित दोषी माथि कडा कार्यवाही भएनभने देशभरिनै  कडाइका साथ आन्दोलन सुरु  गर्ने  उनले चेतावनी दिएका छन् ।  यस विषयमा केन्द्रीय कमिटीको बैठक बसिरहेकोले बैठकले तयार गरेको रुपरेखा अनुसार आन्दोलनका कार्यक्रमहरु अगाडी बढाउने पौडेलले बताए ।  आफुलाई राजाबादी अभियन्ताको रुपमा चिनाउँदै आएको सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्: