Loktantra Khabar National Weekly
Ad

गृहमन्त्री नारायण काजी श्रेष्ठको राजिनामा माग गर्दै तरुण दल सर्लाही द्वारा मलंगवामा प्रदर्शन

लोकतन्त्र खबर
२२ भाद्र २०८०

लोकतन्त्र समाचारदाता—
सर्लाही, भाद्र २२
नेपाली कांग्रेसकाे भातृ संस्था नेपाल तरूण दलका नेता कार्यकर्ताले बिहिवार सर्लाहीको सदरमुकाम मलंगवामा प्रदर्शन गरेका छन् । तरुण दल जिल्ला कार्यसमिति सर्लाहीले पार्टीका सहमहामन्त्री तथा पूर्व मन्त्री महेन्द्र यादव माथि खुकुरी प्रहार गरि ज्यान लिन खोज्ने व्यक्ति तथा गिरोह तत्काल पहिचान गरि कानूनी दायरामा ल्याई कडाभन्दा कडा कार्वाही गर्न माग गर्दै उनीहरुले मलंगवामा प्रदर्शन गरेका हुन ।
पूर्व मन्त्रीकाेसमेत रहेका नेता यादवलाई सुरक्षा दिन नसक्ने वर्तमान सरकारका गृहमन्त्री नारायण काजी श्रेष्ठकाे राजीनामा माग गरि बिहिवार दिउँसो तरूण दलका केन्द्रीय सदस्य लाेकहरि पाैडेलको अगुवाइमा नेपाल विद्यार्थी संघका सर्लाहीका अध्यक्ष धिरज दाहा,उपाध्यक्ष आकाश कुमार मिश्र ‘अमित’, अमित कुमार यादव लगायत तरूण दल तथा नेविसंघका नेता कार्यकर्ताकाे सहभागितामा गृहमन्त्रीको राजिनामाको माग तथा नेपाल सरकारको विरुद्धमा नाराहरु लेखिएका ब्यानर र प्लेकार्डहरु बोकेर नगरको परिक्रमा गर्दै मलंगवा स्थित बालमन्दिर चौकमा पुगेर कोणसभामा परिणत भई टाएर बालेर प्रदर्शन गरेका थिए ।
कोणसभामा बोल्दै केन्द्रीय सदस्य पौडेलले पूर्व मन्त्री जस्तो गरिमा बाेकेका नेताको समेत सुरक्षा दिन नसक्नेले आम नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति गराउन नसक्ने भएकोले यस्ता गृहमन्त्रीले तत्काल राजिनामा दिनु पर्ने जोडदार माग गरेका थिए।
धनुषा जिल्ला निवासी नेता यादव माथि बुधबार दिउँसो काठमाडौ स्थित भृकुटीमण्डपमा रिपोटर्स क्लबको कार्यक्रमबाट बाहिरिने क्रममा नुवाकोट जिल्ला घर भएका श्याम सापकोटाले धारिलो हतियार प्रयोग गरि ज्यान लिने मनसायले आक्रमण गरेका थिए। लोकतन्त्र विरोधी तत्वहरुको उक्साहटमा आक्रमण भएकोले आक्रमण गर्ने सापकोटा र निजलाई प्रयोग गर्ने लोकतन्त्र विरोधी तत्वहरुकि पत्ता लगाइ कडाभन्दा कडा कानुनी कार्यवाही गर्नु पर्ने आफुहरुको माग रहेको तरुण दलका केन्द्रीय सदस्य लोकहरी पौडेलले बताए । गृहमन्त्रीको राजिनामा सहित दोषी माथि कडा कार्यवाही भएनभने देशभरिनै कडाइका साथ आन्दोलन सुरु गर्ने उनले चेतावनी समेत दिएका छन् ।
सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्: