Loktantra Khabar National Weekly
Ad

हत्या आरोपमा ८३ वर्षीय वृद्ध पक्राउ

लोकतन्त्र खबर
२१ भाद्र २०८०

ओखलढुंगा । ओखलढुंगामा हत्या आरोपमा ८३ वर्षीय वृद्ध पक्राउ परेका छन् । छिमेकी सोही उमेरका सोमबहादुर अधिकारीको हत्या आरोपमा सुनकोसी गाउँपालिका–८, च्यानम माँझ गाउँका ८३ वर्षीय तिलकबहादुर कटुवाललाई प्रहरीले पक्राउ गरेको हो ।

एउटै साल एकै गाउँमा जन्मिएर ८३औँ वर्ष सहकार्य गरेका छिमेकी दुई वृद्धबीच बुधबार बिहान ८ः३० बजे सामान्य भनाभन भएको थियो । गोठबाट दूध लिएर घर फर्कंदै गरेका अधिकारी कटुवालले धकेल्दा लडेर घाइते भएका थिए ।

गम्भीर घाइते अधिकारीलाई उपचारका लागि अस्पतालमा ल्याइएको थियो । अस्पतालमा पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक विकास राईले जानकारी दिए ।

घटनामा संलग्न वृद्धलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । बुधबार साँझ पक्राउ परेका वृद्ध कटुवाल प्रहरी हिरासतमा छन् । रासस  बाह्रखरी

प्रतिक्रिया दिनुहोस्: