Loktantra Khabar National Weekly
Ad

तीन महिने माओवादी अभियान सुरू, प्रचण्डलाई चन्द्रागिरी कार्यक्षेत्र

लोकतन्त्र खबर
१६ भाद्र २०८०

काठमाडौं । नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी अभियानका लागि शिर्ष नेताहरुलाई बिभिन्न जिल्लामा खटाइएको छ ।

पार्टी उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले जनतासँग माओवादी तीन महिने अभियानको तयारी पूरा भएको र सबै जिल्लामा शिर्ष नेताहरु खटाइएको जानकारी दिए ।

आज बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी मुख्यालय पेरिसडाँडावाट तीन महिने अभियानको उदघाटन सम्बोधन गर्ने र त्यसको रेकर्ड दिउँसो १ बजे देशैभरीका वडाहरूमा सुनाउने गरी ब्यवस्थासमेत मिलाइएको छ । जसका लागि पार्टी पदाधिकारीहरूलाई बिभिन्न जिल्लामा खटाइएको छ ।

उनका अनुसार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौं चन्द्रागिरी–२ स्थित घट्टेडाँडा पार्क, वरिष्ठ उपाध्यक्ष नारायकाजी श्रेष्ठ ललितपुर महानगरपालिका २८ हरिसिद्धी, उपाध्यक्ष कृष्णबहादुर महरा सुनछहरी गाउँपालिका रोल्पा, उपाध्यक्ष अग्नि सापकोटा लिसंखुपाखर गाउँपालिका ३, उपाध्यक्ष पम्फा भुसाल ललितपुर महानगरपालिका २२,  महासचिव देव गुरुङ सुन्दरबजार नगरपालिका–८ लमजुङ, उपमहासचिव गिरिराजमणि पोखरेल गोकर्णेश्वर नगरपालिका–४ काठमाडौं, उपमहासचिव हरिबोल गजुरेल सिन्धुली, जनार्दन शर्मा चन्द्रागिरी–२, शक्ति बस्नेत भेरी नगरपालिका जाजरकोट, मातृका यादव वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेतमा खटिनेछन् ।

सचिव दिनानाथ शर्मा बाग्लुङ, डिलाराम आचार्य धनगढी उपमहानगरपालिका–१६, चक्रपाणि खनाल विराटनगर महानगरपालिका–१८, देवेन्द्र पौडेल पोखरा महानगरपालिका–२०, लीलामणि पोखरेल महोत्तरी, गणेश साहलाई काठमाडौं महानगरपालिका–१० मा खटाइएको उनले बताए ।

  •       खरीबोट

प्रतिक्रिया दिनुहोस्: