Loktantra Khabar National Weekly
Ad

ग्रामीण नारी उत्थान संघ हरिपुरको वार्षिक समाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न ,साडे ६ करोड भन्दा बढी आम्दानी

लोकतन्त्र खबर
८ पुष २०७९

लोकतन्त्र समाचारदाता—-
सर्लाही,पुस ९ गते
सर्लाहीको हरिपुर नगरपालिका वडा न-२ स्थित रहेको ग्रामीण नारी उत्थान संघ(RWUA)को वार्षिक समाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।
संस्थाका उपाध्यक्ष विष्णु प्रसाद चालिसेको अध्यक्षता तथा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख  कौशल किशोर सिंहको प्रमुख आतिथ्यतामा  कार्यक्रम सम्पन्न भएको हो।  उक्त कार्यक्रममा संस्थाले विभिन्न परियोजनाहरुबाट एक वर्ष भित्र गरेको आम्दानी र खर्चको विवरण सार्वजनिक गर्नुको साथै आगामी योजना र कार्यक्रम प्रतिको सुझाव संकलन गरेको थियो।
संस्थाले गत आर्थिक वर्षमा सम्मुन्नति परियोजनाबाट ५ करोड ६३ लाख ४५ हजार २११ रुपैया ६८ पैसा आम्दानी गरेको छ भने ५ करोड ५५ लाख ७४२ रुपैया खर्च भएको छ।त्यसैगरी SIDAपरियोजनाबाट २२ लाख लाख ९४ हजार ५९९ रुपैया ७० पैसा आम्दानी गरेको छ भने २२ लाख १४ हजार १७१ रुपैया खर्च भएको थियो यसैगरी पहुँच परियोजनाबाट संस्थाको ६९ लाख १७ हजार ९०० रुपैया आम्दानी भएको छ भने ६६ लाख ३० हजार ८३४ रुपैया खर्च भएको छ।संस्थाले  २०२२ को डिसेम्बर २१ तारिखसम्म जम्मा ६ करोड ५५ लाख ५७ हजार ७११ रुपैया ३८ पैसा आम्दानी गरेको संस्थाका उपाध्यक्ष चालिसेले जानकारी दिनुभएको छ।
बिहिवार संस्थाको सभा हलमा सम्पन्न भएको कार्यक्रममा विशिष्ठ अतिथि पुर्व सांसद एवं संस्थाका सल्लाहकार रामचन्द्र चौधरी ,सहायक  प्रमुख जिल्ला अधिकारी हरि प्रसाद अधिकारी,इश्वरपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिराकाजी श्रेष्ठ , शिक्षा शाखा प्रमुख हरि प्रसाद दाहाल तथा ग्रामीण नारी उत्थान संघका प्रतिनिधिहरु,हरिपुर नपा का वडा अध्यक्षहरु,पत्रकार लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
गैर नाफामुलक सामाजिक  विकास उन्मुख संस्थाको रुपमा रहेको यस संस्थाले आफ्नो स्थापना कालदेखि नै गरीब, महिला,फरक क्षमता भएका व्यक्ति, बालबालिका र बैदेशिक रोजगारमा लागेका यूवाहरुका लागि समेत सचेतनामुलक, आयमुलक, सिपमुलक, क्षमता विकास, सरसफाई, भौतिक पूर्वाधार निर्माण, लैगिंक शिक्षा, प्राथमिक शिक्षा जस्ता कार्यक्रम संचालन गरी समाजीक रुपान्तरण गर्दै आएको उपाध्यक्ष चालिसेले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्: