Loktantra Khabar National Weekly
Ad

मलंगवाका मतदाताले भने, ‘साहको जित सुनिश्चित छ’

लोकतन्त्र खबर
२६ कार्तिक २०७९

सर्लाही, २६ कार्तिक । सर्लाही क्षेत्र नम्बर २ बाट प्रतिनिधी सभा सदस्यका उम्मेदवार राजनारायण साहले मलंगवा नगरपालिकाका मतदातासँग भेटघाट गरेका छन् । मंसिर ४ गतेको निर्वाचन नजिकिदै जाँदा घरदैलो अभियानलाई तिव्रता दिँद नेकपा एमाले जसपा गठबन्धनका उम्मेदवार साह मलंगवा नगरपालिकाका सबै वडाहरुमा पुगेका हुन् । नेकपा एमाले जसपा गठबन्धनका सर्लाही २ का प्रतिनिधी सभा सदस्यका उम्मेदवार साहले नगरवासीहरु मतदाता सँग मत मागेका छन् । सुर्य छापमा मतदान गरेर आफुलाई भारी मतले विजयी बनाउन उनले आग्रह गरेका छन् । चुनावी प्रचारप्रसारलाई निरन्तरता दिँदै साहले आफुले जितेपछि आफनो कार्यकालमा ३० साहमा नभएको विकास मात्र ५ वर्षमा गरेर देखाउने दाबी गर्दै आफुलाई मतदान गर्न मतदातासँग अपिल गरेका छन् । सँधै जनताकै सेवामा सक्रिय रहेको हुँदा यस क्षेत्रका लागि साह नै योग्य उम्मेदवार भएको मलंगवावासी मतदाताहरुको प्रतिक्रिया छ । साहलाई आफनै संगठनको र गठबन्धनको साथ भएको हुँदा उनको जित सुनिश्चित भएको उनीहरुको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्: