Loktantra Khabar National Weekly
Ad

रोल्पाको तालवाङमा श्रीमान–श्रीमती मृत भेटिए

लोकतन्त्र खबर
१६ भाद्र २०७९

१५ भदौ, रोल्पा । रोल्पाको माडी गाउँपालिका–३ तालाबाङमा एक दम्पतीको शव फेला परेको छ ।

धारिलो हतियारले काटेको अवस्थामा परिवर्तन गाउँपालिका–२ राँसीका दुर्गाबहादुर पुन र उनकी पत्नी पार्वती पुनको शव भेटिएको प्रहरीले जनाएको छ ।

उनीहरु माडी गाउँपालिका–३ तालावाङमा मजदुरी गर्दै आएका थिए । उनीहरुको शव वुधवार दिउसो २ः३० वजे फेला परेको हो ।

प्रहरीले हत्याको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको छ । शव हालसम्म घटनमास्थलमै छ । घटनाको अनुसन्धानका लागि कोहलपुरवाट तालिम प्राप्त कुकुरसमेत बोलाइएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्: